PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कांग्रेस कार्यसम्पादन समिति अझै बस्न सकेन, लोसपासँग छलफल जारी



पहिलोपोस्ट

कांग्रेस कार्यसम्पादन समिति अझै बस्न सकेन, लोसपासँग छलफल जारी

काठमाडौं : उम्मेदवार टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको कांग्रेस केन्द्रीय सम्पादन समिति अझै बस्न सकेको छैन। दिउँसो १२ बजेका लागि प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक डाकेका थिए।

सिट बाँडफाँटमा जनता समाजवादी पार्टीले असन्तुष्टि जनाएसँगै कांग्रेसको कार्यसम्पादन बैठक पर सर्दै आएको हो। बिहीवार डाकेको कार्यसम्पादन समितिको बैठक गठबन्धनको बैठकका कारण आजका लागि सारिएको थियो।

सत्ता गठबन्धनमा जसपाले एमालेसँग तालमेलको प्रयास गरेपछि अहिले बालुवाटारमा लोकतान्त्रिक समाजवादी पार्टी इन भएको छ। अहिले बालुवाटारमा लोसपाका नेताहरुसँग सत्ता गठबन्धनको छलफल चलिरहेको एक नेताले बताए। सिट बाँडबाँटको टुंगो नलागेसम्म कार्यसम्पादन समितिको बैठक बस्न नसक्ने बताइएको छ।

‘लोसपासँग अहिले छलफल जारी छ। कार्यसम्पादन समितिको बैठक आज बस्ने सम्भावना कम छ,’ छलफलमा सहभागी एक नेताले भने।

मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचनका लागि आइतवार मनोनयनको मिति तोकिएको छ। निर्वाचन आयोगले निर्वाचनका लागि जिल्लाजिल्लामा निर्वाचन कार्यालय स्थापना थालिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell