PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जेलमा रहेका एलेस बियलियात्स्कीसँगै दुई मानवअधिकारवादी संगठनलाई यसवर्षको नोबेल शान्ति पुरस्कार



पहिलोपोस्ट

जेलमा रहेका एलेस बियलियात्स्कीसँगै दुई मानवअधिकारवादी संगठनलाई यसवर्षको नोबेल शान्ति पुरस्कार
Photo: FACEBOOK/BBC

जेलमा रहेका बेलारूसी मानवअधिकार अभियन्ता एलेस बियलियात्स्कीले सन् २०२२ को नोबेल शान्ति पुरस्कार जितेका छन्। बियलियात्स्कीसँगै रसियाली मानवअधिकारवादी संगठन ‘मेमोरियल’ र युक्रेनी मानवअधिकारवादी संगठन ‘सेन्टर फर सिभिल लिबर्टीज’ले पनि नोबेल शान्ति पुरस्कार जितेका छन्।

समितिले दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा उथलपुथल रहेको अवस्थामा ‘शान्तिपूर्ण सहअस्तित्व’का च्याम्पियनहरूलाई सम्मान गरिएको बताएको छ।

‘शान्ति पुरस्कार विजेताहरूले आफ्नो देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छन्’, नर्वेजियन नोबेल समितिका अध्यक्ष बेरिट रेस-एन्डरसनले भनिन्, ‘उनीहरूले धेरै वर्षदेखि सत्ता शक्तिको आलोचना गर्न पाउने अधिकारको प्रवर्द्धन गर्नुका साथै नागरिकहरूको मौलिक अधिकारको रक्षा गरेका छन्।’

उनले बियलियात्स्कीलाई जेलबाट रिहा गर्न बेलारुसलाई आह्वान समेत गरेकी छिन् ताकि वरिष्ठ अभियन्ता बियलियात्स्कीले ओस्लो सिटी हलमा १० डिसेम्बरमा हुने पुरस्कार समारोहमा भाग लिन पाउन्। पुरस्कारसँगै तीन छिमेकी देशहरूका प्रत्येक विजेताले १० मिलियन स्विडिस क्राउन प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell