PahiloPost

May 23, 2025 | १० जेठ २०८२

सिन्धुपाल्चोकमा एमालेको टिकट : क्षेत्र १ मा सरेश नेपाललाई, क्षेत्र २ मा शेरबहादुर तामाङलाई



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा एमालेको टिकट : क्षेत्र १ मा सरेश नेपाललाई, क्षेत्र २ मा शेरबहादुर तामाङलाई

  • फूलमान तामाङ-

नवलपुर : नेकपा एमालेले प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र १ मा सरेश नेपाललाई टिकट दिएको छ। नेपाल वाग्मती प्रदेश सभा सदस्यसमेत हुन्। एमालेका केन्द्रीय सदस्य उनी प्रदेश मन्त्रीसमेत भएका थिए। क्षेत्र नम्बर १ कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत र सभामुख अग्नि सापकोटाकोसमेत निर्वाचन क्षेत्र हो।

यस क्षेत्रमा प्रदेश तर्फ क मा कमल नेपाल ले टिकट पाएका छन्। नेपाल सिन्धुपाल्चोक एमालेका जिल्ला अध्यक्ष हुन्। उनी २०७४ सालको स्थानीय निर्वाचन मा लिसङखुपाखर गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

यसैगरी प्रदेशसभा ख मा होमनारायन श्रेष्ठले टिकट पाएका छन्। उनी गाउँपालिका राष्ट्रिय महासङघका अध्यक्ष हुन् भने गत स्थानीय तहको निर्वाचन मा जुगल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

यता क्षेत्र २ मा शेरबहादुर तामाङले टिकट पाएका छन्। उनी एमाले स्थायी कमिटी सदस्य हुन्। तामाङले यसअघि यसक्षेत्रबाट पशुपति शम्शेर राणालाई हराएका थिए। क्षेत्र २ कै प्रदेश क मा भने माओवादी छोडेर एमाले प्रवेश गरेका अमानसिङ तामाङले टिकट पाएका छन्। तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीबाट चौतारासागचोक गढी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। यता प्रदेश सभा ख मा भने एमालेकै पूर्वजिल्ला अध्यक्ष हस्त पण्डितले टिकट पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell