
हेटौंडा : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको उम्मेद्वार टुंगो लागेको छ।
मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलाले टिकट पाएका छन्। क्षेत्र १ मा गठबन्धनबाट कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना र २ बाट एकीकृत समाजवादीका विरोध खतिवडाले टिकट पाउने सम्भावना बलियो छ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकालाल श्रेष्ठले टिकट पाउँदा क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल तथा ‘ख’मा लालबहादुर थापाले टिकट पाएका छन्।