
काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको काठमाडौंको उम्मेदवार टुंग्याएको छ। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ मा जसपालाई दिने तयारी भइरहेको काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए।
क्षेत्र नम्बर १ मा युवा संघका अध्यक्ष किरण पौडेल उम्मेदवार भएका छन्। प्रदेश सभातर्फ आत्माराम शर्मा र गणेश दुलाल उम्मेदवार भएका छन्। २ नम्बर क्षेत्रमा मणिराम फुयाल उम्मेदवार भएका छन् भने प्रदेशसभा तर्फ सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ उम्मेदवार चयन भएका छन्।
काठमाडौं-३ मा कृष्ण राई चयन हुँदा प्रदेशतर्फ रामेश्वर फुयाल र चन्द्रमान लामा चयन भएका छन्। यस्तै काठमाडौं ४ मा राजन भट्टराई उम्मेदवार भएका छन्। प्रदेशतर्फ तेज ढकाल र जयराम थापा उम्मेदवार भएका छन्। काठमाडौं ६ मा सर्वेन्द्र खनाल उम्मेदवार हुँदा सोही ठाउँको प्रदेश सभा तर्फ निरज महर्जन र अनिस मास्के उम्मेदवार भएका छन्।
यस्तै काठमाडौं ७ मा एमालेले जसपालाई उम्मेदवार टुंगो लगाउन भनेको छ। प्रदेशतर्फ जीवन मानन्धर र श्याम घिमिरे छानिएका छन्। काठमाडौं ८ मा अष्टलक्ष्मी शाक्यलाई एमालेले उम्मेदवार बनाएको छ। प्रदेशतर्फ राजेश शाक्य र नाम्गेल लामा चयन भएका छन्।
यस्तै काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार भएका छन् भने प्रदेशसभामा हरिकृष्ण डंगोल र केशव पोखरेल उम्मेदवार भएका छन्। काठमाडौं १० मा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई उम्मेदवार बनाउन तयारी गरेको भए पनि टुंगो भने लागेको छैन।
एमालेका जिल्ला अध्यक्ष राईले अरु दलसँग चुनावी तालमेल हुने भएकाले उम्मेदवार हेरफेर हुन सक्ने बताए। अहिले सार्वजनिक नामहरु आधिकारिक नभएको उनको भनाइ छ।