PahiloPost

May 23, 2025 | १० जेठ २०८२

प्रचण्डले छाडे चितवन, अब गोरखा-२ बाट चुनाव लड्ने



पहिलोपोस्ट

प्रचण्डले छाडे चितवन, अब गोरखा-२ बाट चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि चितवनबाट उम्मेदवारीको तयारी गरेका प्रचण्डले गोरखाबाट उम्मेदवार हुने शुक्रवारको पदाधिकारी बैठकमा बताएका छन्। माओवादी केन्द्रका एक पदाधिकारीले प्रचण्डले गोरखाबाट उम्मेदवारी दिने बताए। प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएका हुन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डलाई गोरखाबाट उम्मेदवार बन्न सुझाएका थिए। पटक पटक निर्वाचन क्षेत्र फेरिरहने प्रचण्डले यसअघि २०७४ मा चितवनबाट चुनाव लडेका थिए। तीनपटक संसदीय चुनाव लडेका प्रचण्ड २०६४ मा काठमाडौं १० बाट विजयी भएकोमा २०७० को निर्वाचनमा काठमाडौं १० मा पराजित भएका थिए। सिराह ५ बाट त्यतिबेला प्रचण्डले चुनाव जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell