PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

जसपालाई दिने १४ सिट खाली राखेर गठबन्धनले गर्‍यो भागबण्डाको सहमति, हस्ताक्षर भोलि



पहिलोपोस्ट

जसपालाई दिने १४ सिट खाली राखेर गठबन्धनले गर्‍यो भागबण्डाको सहमति, हस्ताक्षर भोलि

काठमाडौं : सत्ता गठबन्धनले जनता समाजवादी पार्टी नेपाल जसपाको भागमा परेका १४ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ। बालुवाटारमा बसेको शुक्रवारको बैठकले अधिकांश क्षेत्रमा भागबन्डा गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

उनका अनुसार बाँकी एकाध ठाउँमा भोलि शीर्ष नेता बसेर टुंगो लगाउने छन्। 'अधिकांश ठाउँमा टुगिएको छ। केहि ठाउँमा भोलि मात्रै टुंगो लाग्ने छ। नेताहरुले हस्ताक्षर गरेपछि सार्वजनिक गरिने छ,' उनले भने। जनता समाजवादी पार्टीलाई प्रदेशतर्फ गठबन्धनले २८ सिट दिएकोमा त्यो ठाउँ पनि खाली राखिएको गुरुङले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell