PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सत्ता गठबन्धनले कुन दललाई दियो कति सिट, कुन प्रदेशमा कसलाई? (सूचीसहित)



प्रकाश भण्डारी

सत्ता गठबन्धनले कुन दललाई दियो कति सिट, कुन प्रदेशमा कसलाई? (सूचीसहित)

काठमाडौं : सत्ता गठबन्धनले बुधवार देखिको लगातारको छलफलपछि शुक्रवार अबेर भागबन्डाको टुंगो लगाएको छ। जनता समाजवादी पार्टी नेपाल जसपा गठबन्धनबाट असन्तुष्ट भएर एमालेसँग वार्तामा पुगेपछि उसलाई दिने सिट खाली राखेर बाँकीमा गठबन्धनले सहमति जुटाएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। उनले जसपालाई संघमा १४ र प्रदेशमा २८ सिट दिएको र त्यो ठाउँ खाली राखिएको बताएका छन्। 

कांग्रेसलाई प्रतिनिधि सभा ८४, माओवादी केन्द्रलाई  ४६, नेकपा एकीकृत समाजवादीलाई १९, राष्ट्रिय जनमोर्चालाई २ सिट भागमा परेको छ। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने बैठकबाट आफू बाहिरिएपछि गठबन्धनले सहमति गरेको बताएको छ। राष्ट्रिय जनमोर्चाका नेता तथा टिकट बाँडफाँट कार्यदलका सदस्य हिमलाल पुरीले आफूहरु बालुवाटारबाट बाहिरिएपछि सहमति भएको बताएका छन्। 'हामी आएपछि सहमति भयो होला। हामीलाई जानकारी छैन,' उनले भने। 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपालाई पनि सत्ता गठबन्धनमा ल्याउने कसरत भइरहेकाले उसलाई दिने सिटका आधारमा पनि अहिलेको संख्यामा तलमाथि हुने छ।

भोलि गठबन्धनका शीर्ष नेताहरु बसेर छलफल गरेपछि सहमतीमा हस्ताक्षर हुने गुरुङले बताए। गठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १६५ र प्रदेशसभामा ३३० सिटको भागबन्डा गरेको हो। असोज २३ गतेका लागि निर्वाचन आयोगले मनोनयनको समय तोकेको छ। गठबन्धनले दुरगम जिल्लाहरुको चाडैँ र बाँकी जिल्लाहरुको भने मनोनयनको दिन सम्मै उम्मेदवारी टुंगो लगाउने बताइएको छ।

कुन क्षेत्रमा कुन पार्टीलाई?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell