PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

वर्षाले देशका विभिन्न स्थानको धान खेतीमा क्षति

वर्षाले देशका विभिन्न स्थानको धान खेतीमा क्षति

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वर्षाका कारण पश्चिम क्षेत्रमा धान खेतीमा क्षति पुगेको छ। मंगलवारबाट अविरल वर्षा हुँदा दाङ, बाँके, कञ्चनपुरलगायत जिल्लाका धान खेतीमा क्षति पुगेको छ। यता गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कर्णालीको सुर्खेत, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि वर्षा र हुरीबतासले धान खेती ढालेको छ।


अविरल वर्षाका कारण बाँके डुडुवा गाउँपालिका वार्ड नं २ बेतहनीका धान बाली।


भारी वर्षाका कारण कतिपय स्थानमा पसाउन थालेको धान खेतमै डुबेको छ भने कतिपय ठाउँमा सबै धान ढलेका छन्।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा वर्षा र हुरीवतासले खेतमा नै ढलेको धान।
गत मङ्गलबारदेखि परेको अबिरल बर्षाका कारण राप्ती गाउँपालिका–७ सिसहनियामा काटेको धान खेत डुबानमा परेको छ
अविरल वर्षाका कारण सुर्खेतको वीरेन्द्रनगर–९ अलायचौरमा डुबेको धानबाली।
शुक्लाफाँटा नगरपालिका–१० झलारीका स्थानीय महिला बर्षाको पानीले ढालेको धानका मुठा बाध्दै।


ट्रेन्डिङ पोस्ट

Ncell