PahiloPost

May 23, 2025 | १० जेठ २०८२

देउवासहित कांग्रेसमा प्रतिनिधिसभातर्फ ७ उम्मेद्वारको टुंगो लाग्यो, बाँकीको आज छिनोफानो



पहिलोपोस्ट

देउवासहित कांग्रेसमा प्रतिनिधिसभातर्फ ७ उम्मेद्वारको टुंगो लाग्यो, बाँकीको आज छिनोफानो

काठमाडौं : नेपाली कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित ७ नेताको उम्मेदवारी टुंगो लगाएको छ। शुक्रवार राति बसेको संसदीय बोर्डको बैठकले प्रतिनिधि सभा तर्फ सभापति देउवासहित ७ नेताको क्षेत्र टुंगो लगाएको एक पदाधिकारीले बताए।

बैठकको निर्णयअनुसार देउवा डडेल्धुरा उम्मेदवार हुनेछन्। त्यस्तै दिलेन्द्रप्रसाद बडु दार्चुलाबाट, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट उम्मेद्वार हुनेछन्।

अछाम २ बाट जिल्ला सभापति पुष्पबहादुर शाह उम्मेदवार बन्ने भएका छन्। त्यस्तै मुगुका सभापति ऐनबहादुर शाही पनि प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन्।

मनाङबाट टेकप्रसाद गुरुङले टिकट पाउँदा सीता गुरुङ तेह्रथुमबाट उम्मेदवार बन्ने भएकी छन्। बाँकी उम्मेदवारको टुंगो आज लगाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell