PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बाह्रघुम्तीमा सुख्खा पहिरो, त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

बाह्रघुम्तीमा सुख्खा पहिरो, त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध
राजपथमा पहिरोपछि बिच सडकमा अलपत्र परेका यात्रु

हेटौंडा : त्रिभुवन राजपथको बाह्रघुम्तीमा सुख्खा पहिरो गएको छ। पहिरोका कारण सो सडकखण्डमा यातायात अवरुद्ध बनेको छ।

सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ। 

पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै तर्फको यातायात पूर्ण रुपमा अबरुद्ध बनेको छ। उक्त राजपथको बाह्रघुम्ती भैसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ।

केही घण्टाभित्रै सुख्खा पहिरो हटाएर दुबैतर्फको यातायात संचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell