PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

महाराष्ट्रको नासिकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, केन्द्र र राज्य सरकारद्वारा राहत घोषणा



पहिलोपोस्ट

महाराष्ट्रको नासिकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, केन्द्र र राज्य सरकारद्वारा राहत घोषणा

भारतको महाराष्ट्रमा पर्ने नासिकमा बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। शनिवार बिहान भएको सो घटनामा करिब ३८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार नासिक-औरंगावाद सडकमा एक कन्टेनरसँग बस ठोक्किएको थियो। त्यसपछि बसमा आगो लागेको हो।

आगलागीमा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत गर्ने काम भइरहेको छ। नासिक प्रहरीले घटनाबारे थप अध्ययन भइरहेको जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नासिकमा बस दुर्घटनामा दु:ख जनाउँदै मृतक र घाइतेहरुलाई केन्द्र सरकारको तर्फबाट राहत दिने घोषणा गरेका छन्। मृतकको परिवारलाई दुई लाख र घाइतेहरुलाई पचास हजार भारतीय रुपैयाँ दिने उनले घोषणा गरेका हुन्।

यस्तै, महाराष्ट्र सरकारले पनि मृतक परिवारलाई पाँच लाख भारतीय रुपयाँ राहत दिने र घाइतेहरुको उपचारको खर्च ब्यहोर्ने निर्णय गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell