PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सिन्धुपाल्चोकमा सत्ता गठबन्धनको उम्मेदवार : १ मा माधव सापकोटा, २ मा अझै लागेन टुंगो



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा सत्ता गठबन्धनको उम्मेदवार : १ मा माधव सापकोटा, २ मा अझै लागेन टुंगो

काठमाडौं : सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले भागबण्डा सकाए पनि केही क्षेत्रमा अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन।

भागबण्डाअनसार प्रतिनिधि सभा तर्फ सिन्धुपाल्चोक क्षेत्र १ माओवादीलाई र सिन्धुपाल्चोक क्षेत्र २ कांग्रेसलाई परेको छ। माओवादीले क्षेत्र १ मा माधव सापकोटा 'सुवोध'लाई उम्मेदवार बनाउने भएको छ। अग्नि सापकोटा र मोहन बस्नेतको रस्साकस्सीबीच यो क्षेत्र माओवादीले पाएको छ।

यस क्षेत्रको प्रदेश क कांग्रेसलाई परेको छ भने ख माओवादीलाई। माओवादीले यस प्रदेशमा सरल सहयात्रीलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले अझै तय गर्न सकेको छैन। यस क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य बस्नेतले मनकुमारी खड्का'मसिना'लाई उम्मेदवार बनाउने तयारी गरेका छन् भने नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पूर्व जिल्ला सभापति भूपेन्द्र बस्नेत, सोनाम लामा पनि आकंक्षी हुन्। बस्नेत आफै उम्मेदवार बने मसिनाको ठाउँमा अर्कै व्यक्ति उम्मेदवार हुने बताइएको छ।

क्षेत्र २ कांग्रेसलाई परेपछि अहिले उम्मेदवारी टुंगो लगाउन रस्साकस्सी चलेको छ। आफ्नो क्षेत्रबाट उम्मेदवारी दिन पाउनुपर्ने अडान कसिरहेका बस्नेत डेङ्गु संक्रमणका कारण घरमै आराम गरिरहेका छन्। बस्नेतले क्षेत्र १ नपाएपछि क्षेत्र २ मा आउने इच्छा देखाएका छन्। यद्यपि यस क्षेत्रका कांग्रेस कार्यकर्ताले अर्को क्षेत्रको उम्मेदवार नल्याउन भन्दै विरोध गर्न थालेका छन्। कतिपयले भने बस्नेत क्षेत्र २ मा आउँदा स्वागत गर्न थालेका छन्। क्षेत्र २ मा कि त बस्नेत स्वयं अथवा उनले इच्छाएको व्यक्तिले टिकट पाउने देखिन्छ।

यो क्षेत्रमा वंशलाल तामाङ, विष्णुविक्रम थापा र राजु गोर्खालीको नाम क्षेत्रबाट सिफारिस भएर आएको छ। अहिले टिकट टुंगोका लागि कांग्रेस संसदीय बोर्ड बालुवाटारमा जुटेको छ। जिल्लाका नेताहरु पनि टिकटको लागि बालुवाटारमा भेला भएका छन्। संसदीय बोर्डले भने अन्य स्थानको टुंगो लगाएर मात्र वाग्मती प्रदेशको उम्मेदवार टुंगो लगाउने तयारी गरेको बुझिएको छ।

यस क्षेत्रको प्रदेश क माओवादीलाई परेको छ। माओवादीले युवराज दुलाललाई दोहोर्‍याउने भएको छ भने २ को ख कांग्रेसको भागमा परेको छ। कांग्रेसले वाग्मती प्रदेशका स्वास्थ्यमन्त्रीसमेत रहेका निमा लामालाई दोहोर्‍याउने भएको छ। लामा अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा जिल्लामा जित निकाल्ने एकमात्र कांग्रेस नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell