PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा सवारीसाधन संचालन ठप्प



पहिलोपोस्ट

 भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा सवारीसाधन संचालन ठप्प
फाइल फोटो : तनहुँमा पहिरो पछि सडकमै रोकिएका सवारीसाधन

काठमाडौं : तनहुँको भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ।

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो।

पहिरोको कारण सडक भासिँएपछि दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्ने मानिसहरुले सास्ती भोग्नुपरेको जनाइएको छ।

गाडी नचलेपछि मानिसहरु लामो दूरी पैदल हिँडेर भएर पनि आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएका छन्। हाल पहिरो गएको पट्टिको भित्ता काट्ने वा तलबाट पर्खाल उठाएर सडक संचालन गर्नेबारेमा छलफल भइरहेको छ।

उक्त सडकबाहेक वैकल्पिक मार्गका रुपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि  घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरा खसेर अवरोध भएकाले सम्भव नदेखिएको बताइएको छ।

यात्रुहरुको समस्यालाई दृष्टिगत गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै व्यवस्था मिलाई यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने योजना बनाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए। उक्त सडक भएर सवारीसाधन गुड्ने चारवटै पालिकासँग समन्वय गरी जति सक्दो चाँडो दीर्घकालीन रुपमा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell