PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

एमाले-जसपाबिच १४ जिल्लामा चुनावी तालमेल : गठबन्धन छाडेर एमालेसँग मिल्दा पायो १७ सिट



पहिलोपोस्ट

एमाले-जसपाबिच १४ जिल्लामा चुनावी तालमेल : गठबन्धन छाडेर एमालेसँग मिल्दा पायो १७ सिट

काठमाडौं : नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बिच चुनावी तालमेल भएको छ। जसपालाई एमालेले प्रतिनिधिसभातर्फ १७ सिट दिएको छ। १४ जिल्लामा एमाले-जसपाबिच तालमेल भएको हो। बाँकी जिल्लामा एक्ला एक्लै उम्मेदवारी दिने सहमति भएको छ। १४ जिल्लामा ३५ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारी दिने छ। 

सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, मोहतरीको ३ र ४ निर्वाचन क्षेत्र जसपाले पाएको छ। सर्लाहीको १ र ४ रौतहटको २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ निर्वाचन क्षेत्र जसपाले पाएको छ। 

प्रदेश सभातर्फ एमालेले एमालेले ७० ठाउँमा र जसपाले ४२ सिटमा तालमेल गर्ने सहमति भएको छ। सत्ता गठबन्धनमा रहेको जसपाले एमालेसँग चुनावी तालमेल गरेको हो। गठबन्धनले जसपालाई १४ सिट दिएको थियो। काठमाडौं ७ पनि जसपाले पाउने चर्चा भएको भए पनि एमाले-जसपाको सहमतिमा काठमाडौं ७ उल्लेख छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell