PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमाले नेता बालकृष्ण ढुंगेलको निधन



पहिलोपोस्ट

एमाले नेता बालकृष्ण ढुंगेलको निधन
फोटो : शेरबहादुर तामाङ/फेसबुक

काठमाडौं : नेकपा (एमाले)का नेता बालकृष्ण ढुंगेलको निधन भएको छ। एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ढुंगेलको निधन भएको पुष्टि गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो। दशैंको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाएको छ।

विगतमा नेकपा माओवादी केन्द्र पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि एमालेमै बसेका थिए। ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा उनी दोषी ठहर भएका थिए। उनी पूर्व संविधानसभा सदस्य समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell