
हेटौंडा : नेकपा माओवादी केन्द्रले मकवानपुरमा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ। गठबन्धनको तर्फबाट पाएको क्षेत्र नम्बर १ 'क' र २'क' मा माओवादीले उम्मेदवान छनोट गरेको हो।
माओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ‘क’ बाट प्रेमबहादुर पुलामी छिन्तु तथा २ को 'क' बाट कुमारी मोक्तानले टिकट पाएका हुन्।
उनीहरु दुवैजना यसअघि पनि सोही क्षेत्रबाट विजयी भएका थिए। मोक्तान हाल वाग्मती प्रदेश सरकारमा समाजिक विकास मन्त्री छिन्।