PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सभामुख अग्नि सापकोटाद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा



पहिलोपोस्ट

सभामुख अग्नि सापकोटाद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

काठमाडौं : सभामुख अग्नि सापकोटाले आसन्न प्रतिनिधसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र १ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनको सरकार छँदा उनी सभामुख भएका थिए।

उनको क्षेत्रमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा 'सुवोध'लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माधव अग्नि सापकोटा निकट नेता हुन्।

सापकोटाले युवालाई अवसर दिन आफूले निर्वाचन नलड्ने घोषणा गरेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell