PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !



पहिलोपोस्ट

एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। उनी निकट स्रोतका अनुसार भुसालले भोलि मनोनयनको दिनसम्म पर्खिने र अरु दलसँग कुरा नमिले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्।

भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

'म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,' भुसालले भनेका छन्। 

ओलीले टिकट नदिएपछि भुसालले शनिवार बिहान नेकपा माओवादी केन्द्रसँग चुनावका बारेमा छलफल गरेका थिए। तर, माओवादी केन्द्रबाटै उम्मेदवार बन्नेबारेमा भने केही तय भइसकेको छैन।

भुसालले २०५३ सालको उपनिर्वाचनमा रुपन्देही २ बाट चुनाव जितेर संसदीय यात्राको थालनी गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-३ बाट भुसाल निर्वाचित भएका थिए।

२०३३ सालबाटै सक्रिय राजनीतिमा लागेका भुसाललाई यसपटक एमालेले भने पार्टीका तर्फबाट उम्मेदवार बन्न बन्चित गरेको थिए। भुसाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका थिए। तर, एमाले विभाजनका बेलामा १० बुँदे सहमति गरेर उनी एमालेमै सक्रिय भएका थिए।

१० औं महाधिवेशनमा उपाध्यक्षका लागि उनले चुनावी प्रतिस्पर्धा गरेका थिए। एमाले भित्र पनि उनले फरक मत राख्दै आएका थिए। भुसाल र अर्का नेता भीम रावललाई ओलीले यसपाली टिकट नदिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell