PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

भोलि मधेशमा मोहम्मद डेको सार्वजनिक बिदा



पहिलोपोस्ट

भोलि मधेशमा मोहम्मद डेको सार्वजनिक बिदा

वीरगंज : मधेश प्रदेश सरकारले असोज २३ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर हजरतको जन्मदिनको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।

प्रदेशका सूचना अधिकारी नाजो राम भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिने उल्लेख छ।

यसैबिच, आगामी मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सांसदको चुनावको मनोनयन दर्ताको समय पनि आइतवार नै रहेको छ। उम्मेदवारी दर्तामा नेता कार्यकर्ताको झन् भीडभाड बढने अनुमान गरिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell