PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

धनुषा ३ 'ख' बाट एमालेले दियो पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुरलाई टिकट



पहिलोपोस्ट

धनुषा ३ 'ख' बाट एमालेले दियो पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुरलाई टिकट

जनकपुरधाम : पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुर प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उनी धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘ख’* बाट उम्मेदवार बन्ने भएका हुन्। नेकपा एमालेले उनलाई प्रदेशसभाका लागि टिकट दिएको हो।

रामानन्द युवा कल्वका अध्यक्ष रहिसकेका निर्माण व्यवसायीसमेत हुन्। उनी विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन्।

राजनीतिमा आएर प्रत्यक्ष रुपमा सामाजिक दायित्वलाई निर्वाह गर्ने आफ्नो एजेन्डा रहहेको उनले बताएका छन्।

* हेडलाइनमा 'ख' हुनुपर्नेमा अन्य भएकोले सच्याइएको। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell