PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पर्सा-३ (ख) बाट शिवजी सोनी स्वतन्त्र उम्मेदवार बन्ने, जसपा परित्याग



पहिलोपोस्ट

पर्सा-३ (ख) बाट शिवजी सोनी स्वतन्त्र उम्मेदवार बन्ने, जसपा परित्याग

वीरगंज : जनता समाजवादी पार्टी (जसपा)का नेता शिवजी सोनीले पार्टी परित्याग गरेका छन्। जसपा त्याग्दै उनले पर्साको क्षेत्र नम्बर ३ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। जस अन्तर्गत पर्सा ३ (ख) जसपाले पाएको छ। तर, आफूले टिकट नपाउने देखिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन्।

पर्साको ३ को (ख) मा जसपाका नेता हरिनारायण रौनीयारकी छोरी डाक्टर मधु गुप्ताले टिकट पाउने पक्का भएको बताइन्छ। त्यसैले जसपा परित्याग गरि स्वतन्त्रबाट प्रदेश सांसदको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। पार्टीले आफ्नफ मूल्यांकन गर्न नसकेको भन्दै उनले नेतृत्वको आलोचना पनि गरेका छन्।

एमाले र जसपाबिच भएको तालमेलमा प्रतिनिधिसभा अन्तर्गत पर्सा ३ मा एमालेबाट राज कुमार गुप्ता उम्मेदवार बन्ने पक्का भएको छ। यस्तै, पर्सा ३ (क) मा जसपा छाडेर आएका सोही क्षेत्रका निवर्तमान प्रदेश सांसद मन्जुर अन्सारीलाइ एमालेले उम्मेदवार बनाउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell