हेटौँडा : मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका-६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो।
यस्तै, कैलाश गाउँपालिका-३ मा कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ। खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ।