PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?



राधेश्याम पटेल

एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

वीरगंज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच मंसिर ४ का लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको सहमति अनुसार जसपाले प्रतिनिधिसभा तर्फ १७ सीट मात्र पाएको छ भने मधेश प्रदेशमा प्रदेशसभा निर्वाचन तर्फ ४३ सिटमा पाएको छ।

दुई दलबिच भएको सहमति अनुसार पर्साका ४ प्रतिनिधिसभा क्षेत्र मध्ये जसपाले १ र २ , एमालेले ३ र ४ गरि २-२ सिट बाँडफाँट गरेका छन्।

पर्सामा प्रतिनिधिसभातर्फ जसपाले पर्सा १ मा हाल वन मन्त्री रहेका प्रदिप यादवलाई र पर्सा २ मा सुरेन्द्रप्रसाद कुर्मीलाई टिकट दिने निर्णय गरिसकेको छ। एमालेले भने पर्सा ३ मा राजकुमार गुप्ता र ४ मा माओवादी छाडेर एमालेमा आएका जालिम मियाँलाई टिकट दिने निर्णय गरेको छ।

त्यसैगरि, एमालेले प्रदेशसभातर्फ पर्सा १ को 'क'मा विचारी यादव, २ को 'ख'मा हरेराम पटेल, ३ को 'क'मा मन्जुर अन्सारी र ४ 'क'मा एमाले पर्सा अध्यक्ष जयप्रकाश थारुलाई उम्मेदवार बनाउने भएको छ।

जसपाले पर्सा १ को 'ख'मा मुख्यमन्त्री लालबाबु राउतलाई, २ 'क' मा जसपा पर्सा अध्यक्ष रामनरेश यादव, ३ 'ख' मा मधु गुप्ता र ४ को 'ख'मा सिगाहसन साह कलवारलाई टिकट दिने पक्का गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell