PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

घरको छतबाट लडेर पूर्वी चितवनमा एक युवकको मृत्यु



रासस

घरको छतबाट लडेर पूर्वी चितवनमा एक युवकको मृत्यु

चितवन : घरको छतबाट लडेर पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका-९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन्। उनको टाउकोमा चोट देखिएको रेग्मीले जानकारी दिए।

टाउकोमा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell