PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव भेटियो, अन्य तीन जनाको सकुशल उद्धार



रासस

मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव भेटियो, अन्य तीन जनाको सकुशल उद्धार

लमजुङ : चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ। दशैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका-१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो। यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो।

शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ। तीनै जना करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ।

बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ। उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए। फर्किने क्रममा शर्मिला र उनका श्रीमान् बुद्धको मृत्यु भएको हो। दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell