PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गगन थापा काठमाडौं छाडेर सर्लाही जान लागेका हुन्?



पहिलोपोस्ट

गगन थापा काठमाडौं छाडेर सर्लाही जान लागेका हुन्?
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन्। काठमाडौं ४ बाट नै निर्वाचन लड्ने तयारी गरिरहेका बताए पनि थापा यसपटक सर्लाही ४ जान लागेका हुन्।

कांग्रेसले महामन्त्री थापालाई काठमाडौं ४ टिकट दिने तयारी गरे पनि उनी सर्लाही जाने भएपछि 'ग्रिन सिग्नल' दिइसकेको बताइएको छ। यद्यपि कांग्रेसले यसको आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन। यता उम्मेदवारी मनोनयनका लागि सर्लाही जान आफ्नो सचिवालयलाई तयारी अवस्थामा रहन गगनले निर्देशन दिएको बताइएको छ। उनको सचिवालयले भने यसबारे कुनै प्रतिक्रिया दिन चाहेको छैन।

महामन्त्री थापा टिकट वितरणका लागि बालुवाटारमा व्यस्त छन्। काठमाडौं ४ बाट दुईपटक सांसद भइसकेका थापाले यसपटक यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको 'थ्रेट' महसुस गरेकाले सर्लाही जान लागेको बताइन्छ। यो क्षेत्र थापाले स्वर्णिम वाग्लेलाई छाड्ने बताइएको छ। काठमाडौं ४ मा एमालेले डा राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।

सर्लाही ४ अमरेशकुमार सिंह निर्वाचित भएको क्षेत्र हो। यसपटक यस क्षेत्रबाट महामन्त्री थापाको एकल नाम सिफारिस भएको थियो। अमरेशकुमार भने पछिल्लो निर्वाचनमा त्यति सक्रिय देखिएका छैनन्। सर्लाही ४ मा थापा जाने भएपछि कांग्रेसबाट वागी उम्मेदवार उठ्ने सम्भावना रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell