PahiloPost

May 23, 2025 | १० जेठ २०८२

सत्ता गठबन्धनले लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १६ सिट दिने



पहिलोपोस्ट

सत्ता गठबन्धनले लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १६ सिट दिने

काठमाडौं : सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)लाई प्रतिनिधिसभामा ८ सिट दिने भएको छ। बालुवाटारमा बसेको गठबन्धन र लोसपाको बैठकले ८ सिटमा सहमति गरेको हो। प्रदेश सभामा १६ सिट दिने पनि सहमति भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

उनका अनुसार अब लोसपाले सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको हो। जनता समाजवादी पार्टी, नेपाल(जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको थियो। जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ।

लोसपाले चुनावी सहकार्य गरेसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरुको संख्या फेरि ५ पुगेको छ। चुनावी भागबन्डाले गठबन्धनमा तरंग पैदा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell