PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मकवानपुर १ मा कांग्रेसबाट डिना, प्रदेशमा बानियाँ र पराजुली



पहिलोपोस्ट

मकवानपुर १ मा कांग्रेसबाट डिना, प्रदेशमा बानियाँ र पराजुली

हेटौंडा : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने पक्का भएको छ। शनिबार राति मकवानपुर १ बाट डिनाको नाम फाइनल भएको हो। यस क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। उनलाई एमालेले सघाउने भएको छ।

यता प्रदेशतर्फ भने आनन्दराज पराजुली र इन्द्र बानियाँले टिकट पाएका छन्। मकवानपुर–१ को ‘ख’ मा पराजुलीले २ को ‘ख’ मा बानियाँ उम्मेदवार बन्ने भएका हुन्। यसअघि २०७४ मा भएको निर्वाचनमा पनि बानियाँ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बानियाँ कांग्रेस वाग्मती प्रदेशका सभापति हुन्। उनलाई यस प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा समेत हेरिएको छ।

यस्तै गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले टिकट पाएका छन् भने मकवानपुर–१ को ‘क’ मा माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र २ को ‘क’ मा कुमारी मोक्तानले टिकट पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell