PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

रसुवामा कांग्रेसको उम्मेदवार मोहन आचार्य



पहिलोपोस्ट

रसुवामा कांग्रेसको उम्मेदवार मोहन आचार्य

काठमाडौं : आगामी मङ्सिर ४ गते निर्वाचनका लागि रसुवामा कांग्रेस केन्द्रीय सदस्य एंव निर्वतमान सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका इन्द्र गौतम (जगतजङ) ले उम्मेदवारी दिने भएका छन्।

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका गतिविधिहरु सुरु भइसकेका छन्। मुख्य दलले मनोनयन दर्ताका लागि तोकिएको समयावधिभित्रै मनोनयन दर्ता गराउने तयारी गरेको जनाएका छन्।

हिमाली जिल्ला रसुवामा ३९ हजार ४ सय ५९ कूल मतदाता रहेका छन्। जसमा १९ हजार ३ सय ४० महिला मतदाता छन् भने २० हजार  १ सय १८ पुरुष मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell