PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गगन थापा काठमाडौं ४ बाटै निर्वाचन लड्ने



पहिलोपोस्ट

गगन थापा काठमाडौं ४ बाटै निर्वाचन लड्ने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने भएका छन्। थापा शनिवार सर्लाही ४ जाने चर्चा चलेको थियो।

काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवारको थ्रेटका कारण थापाले असुरक्षित महसुस गरेको भन्दै सर्लाही जाने तयारी गरेको बताइएको थियो। यद्यपि उनको सचिवालयले थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने स्पष्ट पारेको छ।

'आफ्नो ठाँउ काठमाडौ क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने, यो ठाँउ छोडेर अन्त जाने कुरा न त सोच्न सकिन्छ न त सोचिन्छ नै,' उनको सचिवालयले भनेको छ। काठमाडौं ४ बाट थापा दुई पटक सांसद भइसकेका छन्।

काठमाडौं ४ मा एमालेले डा राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell