PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रचण्डसँगै उम्मेदवारी मनोनयनका लागि गोरखा लागे बाबुराम : सहकार्यको नयाँ अध्याय थालनी गरियो



पहिलोपोस्ट

प्रचण्डसँगै उम्मेदवारी मनोनयनका लागि गोरखा लागे बाबुराम : सहकार्यको नयाँ अध्याय थालनी गरियो

काठमाडौं : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा २ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारीका लागि त्यसतर्फ लागेका छन्। मंसिर ४ मा हुने निर्वाचनका लागि आज देशभर मनोनयन हुँदैछ।

माओवादी अध्यक्ष प्रचण्डले चितवन छाडेर गोरखा २ मा उम्मेदवारी दिन लागेका हुन्। प्रचण्डको उम्मेदवारीको आफू सँगै लागेको उल्लेख गर्दै बाबुरामले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालेकोसमेत बताएका छन्।

'गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो,' सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले भनेका छन्, 'उहॅाका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा!'

बाबुरामले शान्तिप्रकिया ताका खिचेको तस्विरसमेत ट्वीटमा राखेका छन्।

युद्धकालदेखि शान्ति प्रक्रिया हुँदै माओवादीबाट प्रधानमन्त्री बनेका बाबुराम नयाँ शक्ति निर्माणका लागि भन्दै प्रचण्डसँग छुट्टिएका थिए। नयाँ शक्ति नामक दल गठन गरेर नयाँ राजनीतिक तरंग ल्याए पनि बाबुरामले खासै उपलब्धि गर्न सकेनन्। त्यसपछि जनता समाजवादी पार्टी हुँदै अहिले बाबुराम नेपाल समाजवादी पार्टीका अध्यक्ष भएका छन्। चुनाव घोषणापछि बाबुराम प्रचण्डसँग नजिकिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell