PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

काभ्रेमा मधु आचार्यले पाएनन् टिकट, गणेश लामाको ठाउँमा तीर्थ



पहिलोपोस्ट

काभ्रेमा मधु आचार्यले पाएनन् टिकट, गणेश लामाको ठाउँमा तीर्थ

काठमाडौं : नेपाली कांग्रेसले काभ्रेको उम्मेदवार टुंगो लगाएको छ। सत्ता गठबन्धनमा भागबण्डाअनुसार काभ्रेको प्रतिनिधि सभा क्षेत्र २ कांग्रेसलाई परेकोमा यहाँ शिवप्रसाद हुमागाई उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य मधु आचार्यले टिकटको दाबी गरेका थिए।

यसैगरी काभ्रे क्षेत्र १ को ख मा जिल्ला सभापति तीर्थ लामाले टिकट पाएका छन्। यसअघि यो प्रदेशमा केन्द्रीय सदस्य गणेश लामाले टिकट पाउने चर्चा थियो। क्षेत्र २ को ख मा भने कञ्चनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन्।

प्रतिनिधि सभा क्षेत्र २ तर्फ एमालेले पूर्वमन्त्री गोकुल बास्कोटालाई उम्मेदवार बनाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell