
काठमाडौं : नेपाली कांग्रेसले उद्यमी विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट टिकट दिएको छ। अर्का उद्यमी तथा राज्यमन्त्री उमेश श्रेष्ठले चितवन २ बाट टिकट पाएका छन्।
कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई संघीय प्रतिनिधिसभाको सदस्य उम्मेदवारको टिकट दिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि उनलाई चितवन १ बाट उम्मेदवार बनाइएको हो। यो क्षेत्रबाट एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उम्मेदवार छन्।
पौडेल र डा स्वर्णिम वाग्लेबिच टिकटका लागि प्रतिस्पर्धा थियो। योजना आयोगका पूर्व उपाध्यक्ष वाग्ले शेरबहादुर देउवा समूह छाडेर शेखर कोइराला समूहमा गएपछि टिकटबाट बञ्चित भएका हुन्।