
काठमाडौं : दशैँ सकिएसँगै सुनको मूल्य बढेको छ। दशैँका कारण ९ दिनदेखि सुनको नयाँ मूल्य कायम गरिएको थिएन। साताको पहिलो दिन आइतवार भने सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ। गत साता सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ। गत साता प्रतितोला ११ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आइतवार एकै दिन तोलामा ८५ रुपैयाँ बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतवार सुन प्रतिऔँस १६९४.८५ डलरमा करोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतिऔँस २०.१३ डलर छ।