PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी



पहिलोपोस्ट

कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

हेटौंडा : नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गर्ने निर्णय गरेपछि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।

नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट रामेश्वर रानालाई दिएको टिकट खोसेर त्यहाँ कमल थापालाई समर्थन गर्ने निर्णय गरेको हो। थापा एमालेकै सूर्य चुनाव चिह्नबाट चुनाव लड्दैछन्।

थापालाई टिकट दिइएकोमा स्थानीय कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएर विरोध गरेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell