PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

संसद् भवन पुगेर पुकार बमले गराए राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता



पहिलोपोस्ट

संसद् भवन पुगेर पुकार बमले गराए राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता

काठमाडौं : पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन्। बमले काठमाडौं क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका हुन्।

उनले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर मनोनयन दर्ता गराए। मनोनयन दर्तापछि बमले आफूहरुलाई सबैतिरबाट समर्थन आइरहेकोले ढुक्क रहेको बताए।

‘हामीलाई जुन खालको साथ र समर्थन आइरहेको छ सबैतिबाट, देशभित्रबाट देशबाहिरबाट मैले नेतृत्व गरेको अभियानबाट, त्यसकारण नतिजा हाम्रो पक्षमा आउँछ भनेर हामी ढुक्क छौँ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनु अभियानकै निरन्तरता रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell