
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश क मा दीपेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। श्रेष्ठ अघिल्लो निर्वाचनमा यही प्रदेशबाट निर्वाचित नेता हुन्। श्रेष्ठ हाल वाग्मती प्रदेशमा पर्यटनमन्त्री छन्।
त्यसैगरी प्रदेश ख मा सुरजचन्द्र लामिछानेले टिकट पाएका छन्। लामिछाने भने झिनो मतान्तरले गत निर्वाचनमा नेकपा एमालेका गणेश दुलालसँग पराजित भएका थिए।
यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेसले प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ।