PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी



पहिलोपोस्ट

काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

काठमाडौं : काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यमा रविन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। आज माछापोखरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्।

सो क्षेत्रबाट सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठले निर्वाचन लड्दैछन्। नेकपा एमालले यहाँ आफ्नो उम्मेदवार घोषणा गरिसकेको छैन। एमालेले श्रेष्ठलाई समर्थन गर्न सक्ने बताइए पनि यसबारेमा आधिकारिक जानकारी दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell