PahiloPost

May 23, 2025 | १० जेठ २०८२

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिदै लोसपा नेतृ सुरिता साह



पहिलोपोस्ट

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिदै लोसपा नेतृ सुरिता साह

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ सुरिता कुमारी साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्। लोसपाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुरिताको टिकट खोसिएको हो।

उनले महोत्तरी २(ख)बाट प्रदेशसभामा फेरि चुनाव लड्ने तयारी गरेकी थिइन्। तर, सो क्षेत्र नेपाली कांग्रेसको कोटामा परेको छ।

२०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २(ख)बाट सुरिता १५ हजार ४४० मत ल्याएर विजयी भएकी थिइन्। उनको निकटतमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकरण प्रसाद साह सुडीले ६ हजार ४९७ मत मात्रै ल्याएका थिए।

फेरि सोही क्षेत्रमा दोहरिने तयारी गरेकी सुरिताले टिकट नपाएपछि आफू स्वतन्त्रमै भए पनि उम्मेदवारी दिने जानकारी दिइन्। सो क्षेत्रमा मतदाताले यस अघिको निर्वाचनमा प्रचण्ड मत दिएको तर यस पटकको निर्वाचनमा गठबन्धनको नाममा टिकट काटेर आफूमाथी अन्याय भएको सुरिताले रोष प्रकट गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell