
जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष उमेश साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समाजवादी पार्टीका नेता समेत रहेका उनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीभित्र नातावाद, कृपावाद तथा परिवारवादको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको साहले बताएका छन्।
उम्मेदवारी दर्ता गराउँदै साहले भने, ‘राजनीतिक दलबाट जनताको विश्वास उठिसकेको छ। जनताको भावना अनुसार जनताको कार्य गर्नका लागि मेरो उम्मेदवारी हो।’
यस्तै, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधिसभामा स्वतन्त्रबाट मिलन कुमारी साह, नेमकिपाबाट रामहृदय साहले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशतर्फ धनुषा ३ (ख) मा तराइ मधेस लोकतान्त्रिक पार्टीबाट जनकपुर उपमहानगरपालिकाका पूर्व उपमेयर असगर अलिले समेत उम्मेदवारी दर्ता गराएका छन्।