काठमाडौं : गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको क्षेत्र नम्बर ६ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट टिकट नपाएपछि गायक श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा उनले राप्रपाबाट चुनाव लडेका थिए। टिकट नपाएपछि उनले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।