PahiloPost

Sep 4, 2024 | १९ भदौ २०८१

टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण यादव कांग्रेसमा प्रवेश



पहिलोपोस्ट

टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण यादव कांग्रेसमा प्रवेश

जनकपुरधाम : आगामी निर्वाचनको लागि टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश उपाध्यक्ष रहेका शेषनारायण यादवले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसले धनुषाको ४ (क)बाट यादवलाई टिकट दिने भएपछि उनी कांग्रेसमा प्रवेश गरेका हुन्।

जसपाले सो क्षेत्रबाट मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई टिकट दिएको छ। २०७४ सालको निर्वाचनमा ज्ञानेन्द्र नै यस क्षेत्रबाट विजयी भएका थिए। ज्ञानेन्द्रलाई नै दोहोरिने भएपछि पार्टीको निर्णयप्रति असन्तुष्ट बन्दै शेषनारायणले जसपा परित्याग गरेका हुन्।

जसपा नेतृत्वले मधेशी जनता र मधेश आन्दोलनको मर्मविपरित कार्य गर्दै आइरहेकाले आफूले कांग्रेसलाई रोजेको यादवले बताए। उनले कांग्रेसमै रहेर मुलुकमा संघीयता संस्थागत गर्न र मधेशी जनताको मनोभावनालाई पूरा गर्नका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell