
काठमाडौं : वीरगंजमा स्रोत नखुलेको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजारसहित नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङलगायत ३ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।