PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गोरखा पुगे प्रचण्ड, मनोनयनपत्र दर्ता गराउनुअघि नेता कार्यकर्ताले गरे स्वागत



पहिलोपोस्ट

गोरखा पुगे प्रचण्ड, मनोनयनपत्र दर्ता गराउनुअघि नेता कार्यकर्ताले गरे स्वागत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराउन उनी दलबलसहित गोरखा पुगेका हुन्। प्रचण्ड चितवन छाडेर गोरखाबाट निर्वाचन लड्दैछन्।

प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा लगाएर प्रचण्डको स्वागत गरेका छन्।

गोरखा २ बाट नेकपा एमालेले केही दिनअघिमात्रै एमाले प्रवेश गरेका अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ।  

सो क्षेत्रबाट २०७४ सालमा बाबुराम भट्टराई निर्वाचित भएका थिए। युद्धकालदेखि शान्ति प्रक्रिया हुँदै माओवादीबाट प्रधानमन्त्री बनेका बाबुराम नयाँ शक्ति निर्माणका लागि भन्दै प्रचण्डसँग छुट्टिएका थिए। नयाँ शक्ति नामक दल गठन गरेर नयाँ राजनीतिक तरंग ल्याए पनि बाबुरामले खासै उपलब्धि गर्न सकेनन्। त्यसपछि जनता समाजवादी पार्टी हुँदै अहिले बाबुराम नेपाल समाजवादी पार्टीका अध्यक्ष भएका छन्। चुनाव घोषणापछि बाबुराम प्रचण्डसँग नजिकिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell