PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

जसपा नेतृ करिमा बेगमले दिइन् पर्सा २ ख बाट स्वतन्त्र उम्मेदवारी



पहिलोपोस्ट

जसपा नेतृ करिमा बेगमले दिइन् पर्सा २ ख बाट स्वतन्त्र उम्मेदवारी

वीरगंज : पर्साकी जनता समाजवादी पार्टी (जसपा)की नेतृ करिमा बेगमले पर्सा २ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

संविधानसभा सदस्य एवं निवर्तमान प्रदेश सांसद समेत रहेकी बेगमलाई जसपाले टिकट नदिएपछि बागी उम्मेदवारको रुपमा उनले मनोनयन दर्ता गरेकी हुन्।

उनले यसअघि पर्सा-२ बाट संघीय सांसदको टिकट पाउने चर्चा थियो। तर, पार्टीले लोकतान्त्रिक समाजवादी पार्टीबाट आएका अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई टिकट दिएपछि उनी बागी उम्मेदवारी आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell