PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

मेयरबाट सांसदको लागि रञ्जुको छलाङ, रातो फाइल बोकेर पुगिन् उम्मेदवारी दर्ता गर्न



पहिलोपोस्ट

मेयरबाट सांसदको लागि रञ्जुको छलाङ, रातो फाइल बोकेर पुगिन् उम्मेदवारी दर्ता गर्न

काठमाडौं : विवेकशील नेपाली पार्टीमा आवद्ध हुँदा चर्चामा आएकी युवा नेता रञ्जु दर्शनाले प्रतिनिधिसभा निवार्चनको लागि उम्मेद्वारी दर्ता गराएकी छिन्।

आज काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउन उनी निर्वाचन कार्यालयमा पुगेकी हुन्। हातमा रातो फाइल र साडीमा सजिएर उनी उम्मेदवारी दर्ता दिन पुगेकी हुन्।

उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयर उम्मेद्वारी दिएकी थिइन्। उनले त्यतिखेर २३ हजार ४३९ मत ल्याएर सबैलाई चकित पारेकी थिइन्। रवीन्द्र मिश्रसँग मतभेद भएसँगै उनले विवेकशील नेपाली पार्टी परित्याग गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell