PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

काभ्रेमा एमालेका गोकुल बास्कोटालाई मदन भण्डारीको मृत्युबारे फिल्म 'दासढुंगा' बनाएका मनोज पण्डितको चुनौती



पहिलोपोस्ट

काभ्रेमा एमालेका गोकुल बास्कोटालाई मदन भण्डारीको मृत्युबारे फिल्म 'दासढुंगा' बनाएका मनोज पण्डितको चुनौती

काठमाडौं : निर्देशक मनोज पण्डितले काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयनपत्र दर्ता गराएका हुन्।

स्कुटर चढेर उनी मनोनयन दर्ता गराउन केही समर्थकसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

सो निर्वाचन क्षेत्रबाट नेकपा एमालेले गोकुल बास्कोटालाई टिकट दिएको छ। २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट बास्कोटा निर्वाचित भएका थिए।

मनोजले एमाले महासचिव मदन भण्डारीको दुर्घटनामा मृत्यु भएको घटनालाई जोडेर 'दासढुंगा' फिल्म बनाएका थिए।

'बढ्ल्नु छ अब' अभियान चलाउँदै उनले केही महिनादेखि निर्वाचन प्रचारप्रसार गर्दै आएका थिए।

फिल्म निर्देशकले नेपाली राजनीतिमा आएर के गर्न सक्छ भन्नेहरुलाई उनले आफूले कल्पनाशिल्ता दिन सक्ने बताउँदै आएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell