PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

रविन्द्र मिश्रले काठमाडौं क्षेत्र १ बाट दर्ता गराए उम्मेदवारी



पहिलोपोस्ट

रविन्द्र मिश्रले काठमाडौं क्षेत्र १ बाट दर्ता गराए उम्मेदवारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ बाट मनोनयन दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।

मिश्र यसअघि विवेकशील साझा पार्टीका अध्यक्ष थिए। स्थानीय निर्वाचनमा पराजित भएपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए। केही समयअघि मात्रै उनी विवेकशील साझा त्यागेर राप्रपा प्रवेश गरेका हुन्।

वैकल्पिक राजनीति गर्छु भन्दै संचारकर्मबाट राजनीतिमा प्रवेश गरेका उनले पछिल्लो समय राजतन्त्र र हिन्दुराष्ट्रको वकलात गर्दै आएका थिए। त्यसपछि उनको आलोचना पनि भइरहेको छ।

काठमाडौं क्षेत्र नम्बर १ बाट मिश्र २०७४ सालको निर्वाचनमा पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell