काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाल युवा संघका अध्यक्षसमेत रहेका पौडेलले मनोनयन पत्र दर्ता गराएका हुन्।
सो क्षेत्रबाट सत्ता गठबन्धनले प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम पनि सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।
प्रदेश सभातर्फ यो क्षेत्रमा आत्माराम शर्मा र गणेश दुलाललाई एमालेले उम्मेदवार बनाएको छ। उनीहरुले पनि पौडेलसँगै पुगेर मनोनयन पत्र दर्ता गराएका छन्।